हेयर एण्ड शान्ति कमलादीका ग्राहकलाई हेरचारले दिने सेवाशुल्कमा दश प्रतिशत छुट

Advertisement

काठमाडौँ । मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्दै आइरहेको हेरचार डटकम तथा नेपालको पहिलो दर्जाको सैलुन, हेयर एण्ड शान्ति, कमलादीबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा हेयर एण्ड शान्ति, कमलादीका तर्फबाट प्रबन्ध निर्देशक देवराज राजभण्डारी र हेरचार डटकमका तर्फवाट प्रबन्धक उत्सव भट्टराईले हस्ताक्षर गरेका छन् ।

फागुन १ गतेदेखि लागु हुने उक्त सम्झौतामा हेयर इण्ड शान्ति, कमलादीका ग्राहकहरुले हेरचार डटकम मार्फत गराउने मर्मत तथा सम्भार सम्बन्धी कार्यहरुको सेवाशुल्कमा १० प्रतिशत छुट पाउने कुरा उल्लेख गरिएको छ ।

उक्त अवसरमा हेयर एण्ड शान्तिका प्रबन्ध निर्देशक राजभण्डारीले हेरचार डटकमसंग आफुहरुले पनि काम गराईसकेको र हेरचारले गर्ने गरेको कार्यहरुमा आफु निकै सन्तुष्ट भएकोले आफ्ना ग्राहकहरुलाई पनि आवश्यक परेको बेला हेरचार डटकम मार्फत कार्य गराउन सुझाव दिने गरेको बताए ।

यता, हेरचारका प्रबन्धक भट्टराईले हेयर एण्ड शान्ति जस्तो प्रतिष्ठित संस्थाका ग्राहकहरुलाई आगामी दिनहरुमा आइपरेका मर्मत तथा सम्भार सम्बन्धी समस्याहरुको समाधान गर्ने अवसर पाउनु हेरचारको लागि खुशीको कुरा भएको बताए ।

छिटै नै बुटवल तथा हेटौँडामा शाखाविस्तार गर्न लागेको हेरचारले काठमाडौँ बाहिरपनि हेरचारको सेवालाई आक्रामक रुपमा बिस्तार गर्न लागेको प्रबन्धक भट्टराइले बताए ।

Advertisement

Advertisement

Advertisement