पेट्रोलियम पद्धार्थमा पूर्वाधार विकास कर बढाउँदा बजार मूल्य बढ्दैनः अर्थमन्त्रालय

Advertisement

काठमाडौँ । अर्थमन्त्रालयले सरकारले हवाई इन्धन, पेट्रोल र डिजलमा लिंदै आएको पूर्वाधार विकास कर बढाएपनि आयल निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा कुनै नसर्ने स्पष्ट पारेको छ ।

मन्त्रायलका सहसचिव तथा प्रवक्ता उत्तरकुमार खत्रीले शुक्रबार विज्ञप्ति प्रकाशित गरे उक्त कुरा स्पष्ट पारेका हुन् । अहिलेको दर पुनरावलोकन गर्दा आयल निगमद्वारा समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि श्रोत परिचालनको आवश्यकता समेतलाई ध्यानमा राख्दा हाल बजारमा कायम रहेको मूल्यमा कुनै प्रभाव नपर्ने प्रवक्ता खत्रीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

‘हाल निगमको नाफा एवम् वित्तीय अवस्था सहज भएको र अब सिर्जजा हुने नाफा पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त हुने देखिएकाले करको दरमा परिमार्जन गर्दा उपभोक्ता मूल्यमा बृद्धी नगरिकन नै निगमको वित्तीय अवस्था सुदृढ रहने स्थित छ’–विज्ञप्तिमा उल्लेख छ ।

गत सोमबार मन्त्री परिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले पेट्रोलियम पद्धार्थमा पूर्वाधार विकास कर प्रति लिटर पाँचबाट बढाएर १० रुपियाँ पुर्याउने निर्णय भएको जानकारी दिएका थिए ।

Advertisement

Advertisement

Advertisement