ज्येष्ठ नागरिकलाई चन्द्रागिरि हिल्सको सम्मान, ७० वर्ष नाघेकालाई केबलकार चढ्न निःशुल्क

Advertisement

काठमाडौं । चन्द्रागिरि केबलका चढेर भालेश्वर महादेव मन्दिरको दर्शन र सुन्दर दृश्यावलोकन गर्न ७० वर्ष नाघेकाहरुलाई पैसा नलाग्ने भएको छ । चन्द्रागिरि हिल्सले ज्येष्ठ नागरिकहरुको सम्मानका लागि यस्तो व्यवस्था गरेको जनाएको छ ।

यो योजना लिनका लागि ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्ने पर्नेछ ।

चन्द्रागिरी हिल्सले आफ्नो जन्मदिनको अवसरमा निःशुल्क केबलकार चढ्न पाउने, तीन फिटसम्म उचाईं भएका बालबालिकाहरूलाई जुनसुकै बेला निःशुल्क, स्थानीय नागरिक र विद्यार्थीहरुलाई पच्चीस प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई पचास प्रतिशत छुटको व्यवस्था यसअघि नै गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement