७० करोड कमिसनको अडियो सार्वजनिक गर्ने मिश्र विरुद्ध गोकुल बास्कोटा अदालतमा

Advertisement

काठमाडौं । सेक्युरीटी प्रिन्टींग प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गर्ने विजय मिश्र विरुद्ध निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटा अदालत गएका छन् । बास्कोटाले काठमाडौं जिल्ला अदालतमा मिश्र विरुद्ध गाली बेइज्जति मुद्धा हालेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन-'म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद'


 

Advertisement

Advertisement

Advertisement