भारतीय सेयर बजारमा ४ वर्षकै उच्च गिरावट, नेपालमा भने बढेको बढ्यै

Advertisement

काठमाडौं । भारतीय सेयर बजारमा चार वर्षकै उच्च गिरावट आएको छ । शुक्रबार सेन्सेक्समा १०८३.८५ अंकको गिरावट आएको छ । शुक्रबार सेन्सेक्स ३८६६१.८१ अंकमा झर्दा लगानीकर्ताले क्षण भरमै ४ लाख करोड रुपैयाँ गुमाएको बिबिसीले लेखेको छ ।

शुक्रबार निफ्टी पनि ३२१.४० अंकले घटेर ११३११.९० अंकमा झरेको छ ।  विश्वभर कोरोना भाइरसका कारणा अर्थव्यवस्थामा संकट उत्पन्न हुने अवस्था देखिएकाले सेयर बजारमा निरन्तर गिरावट आईरहेको छ । यहि त्रासका कारण भारतीय सेयर बजारमा चार वर्ष यताकै उच्च गिरावट देखिएको हो । सेन्सेक्स र निफ्टी दुबैमा यो साता ६ प्रतिशतले गिरावट आईसकेको छ ।

यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेको बताउन थालिएको छ । जियोजित फाइनान्सियल सर्भिसेजका रिसर्च हेड बिनोद नायरलले अघिल्लो हप्तासम्म कोरोनो भाइरसले विश्व अर्थ व्यवस्थामा खासै ठूलो असर नगर्ने अनुमान गरिएको तर पछिल्लो हप्ता असर व्यापक देखिएको बताए ।

डिसेम्बर महिनामा भारतीय अर्थतन्त्र ४.७ प्रतिशतले वृद्धि भएको थियो । त्यो भन्दा अघिल्लो त्रैमासिकमा त्यस्तो वृद्धिदर ४.५ प्रतिशत थियो । अन्तिम तिन महिनामा भारतीय अर्थ व्यवस्था पछिल्लो ६ वर्षकै न्युन बिन्दुले बढेको थियो । आनन्द राठी सेयर एण्ड स्टक ब्रोकर्सका रिसर्च हेड नरेन्द्र सोलकीका अनुसार कोरोना भाइरसले भारतीय अर्थ व्यवस्थालाई गम्भिर रुपले असर गर्नेछ, किन की भारतले चीनबाट ठूलो मात्रामा सामान आयात गरिरहेको देश हो ।

कोरोना भाइरसकै कारण कोरिया र जापानका सेयर बजारमा पनि भारी गिरावट आईरहेको छ ।
नेपालमा बढेको बढ्यै
भारतीय सेयर बजार ओरालो लागेको साता नेपालको सेयर बजारमा भने नयाँ इतिहासहरुलेखिए । यसपाली पाँच दिनमै १८ अर्ब ७८ करोड मूल्य बराबरको सेयर किनबेच भएर नयाँ रेकर्ड बन्यो । पाँच दिनमा १८७.६ अंकले बजार बढेर १६३२.१७ अंकमा आइपुगेको छ । अघिल्लो हप्ता पनि नेप्से ८९.९८ अंकले बढेको थियो भने ११ अर्ब १७ करोडको कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement