जन्म प्रमाणित सिफारिस बापत खरिदारले लिए २० हजार घुस, अख्तियारले कार्यकक्षबाटै समात्यो

Advertisement

काठमाडौँ । धनुषा, धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडा सचिव (खरिदार) सुशिल ठाकुर २० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

वडा सचिव (खरिदार) ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले बीस हजार घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

विहीबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement