मालेले भन्योः सिपी मैनालीको कार दुर्घटना अस्वभाविक र नियोजित

Advertisement

काठमाडौं । नेकपा(माले)ले आफ्ना महासचिव सिपी मैनाली सवार कार दुर्घटनलाई अस्वभाविक र नियोजित भनेको छ ।

माले स्थायी कमिटि बैठकले दुर्घटनालाई नियोजित भन्दै सरकारसँग छानविनका लागि आग्रह पनि गरेको छ । पार्टीले स्थायी कमिटी सदस्य दीननाथ घिमिरेको संयोजकत्वमा ‘दुर्घटना छानविन कार्यदल’को गठन गरेको छ । कार्यदलमा वैकल्पिक पोलिटव्युरो सदस्य परशुराम लामिछाने र केन्द्रीय सदस्य क.शंकर पोखरेल सदस्य रहेका छन् ।

झापाबाट काठमाडौ आउँदै गर्दा मैनालीको परिवार सावर कार फागुन १ गते महोत्तरीको रातोनदि नजिकै दुर्घटनामा परेको थियो । पछिल्लो समय मैनालीले एमसीसीको व्यापक बिरोध गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement