शेरधन राईसँग आधा सम्पति माग्दै बालिका खड्काले हालिन मुद्धा

Advertisement

काठमाडौं । प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राईलाई पति दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ । तत्कालिन एमाले कार्यकर्ता बालिका खड्काले राई आफ्नो पति भएको र आधा अंश चाहिने भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा हालेकी हुन् ।

राई र आफुबीच शारिरिक सम्पर्क समेत भएको र राईले आफुलाई विवाह गर्ने आश्वासन दिएको पनि उनको दावी छ । उनले आफुहरु लिभिङ टुगेदरको सम्बन्धमा बसेको समेत बताएकी छिन् ।

पछिल्लो समय राईले आफुलाई शारिरिक तथा मानशिक यातना दिएको आरोप पनि उनले लगाएकी छिन् । दोलखाकी खड्का तत्कालिन युवा संघ नेपालकी केन्द्रिय सदस्य थिइन् ।

Advertisement

Advertisement

Advertisement