मुरारकाको तस्वीर मोह (फोटो फिचर)

Advertisement

काठमाडौं । फुर्सद हुनासाथै डाँडा काँडामा हाइकिङ गर्न निस्कने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्यमी पशुपती मुरारका प्राकृतिक सुन्दरतामा रमाउन कहिलेकाहीं हिमश्रृखला अवलोकन गर्नसमेत पुग्छन् ।

त्यसरी अवलोकनमा निस्किने मुरारका आफ्नो मोवाइलबाट रमणीय तस्वीरहरु कैद गर्छन् । फोटोग्राफीमा निकै रुची राख्ने उनले हिमाली क्षेत्रमा खिचेका केही तस्वीरहरु सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ ।

आफ्नो व्यस्त समयलाई छल्दै उनी शुक्रवार बिहान नेपाल आर्ट काउन्सिला उत्कृष्ट तस्वीरहरुको अवलोकन गर्न भ्याए । फोटो पत्रकार क्लवले आयोजना गरेको प्रतियोगिताबाट छानिएका १७६ तस्वीरको प्रदशनी अवलोकन गर्न पुगेका मुरारकाले झण्डै एक घण्टा तस्वीर हेरेर बिताए ।

नेपालको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक, साँस्कृतिक क्षेत्रलाई समग्ररुपमा यस प्रदशनीले समेटेको मुरारकाको भनाई छ । उनका अनुसार यस प्रदर्शनीले समग्र नेपाललाई परिचित बनाएको छ । नेपालको समग्रतालाई बुझन सहयोग गरेको उनले आफ्नो प्रतिक्रियामा लेखेका छन् । तस्वीरहरुः द्धारिका काफ्ले

























Advertisement

Advertisement

Advertisement