मोडल खुस्बु ओलीलाई दुई बर्ष कैदको फैसला

Advertisement

काठमाडौं । मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ । सापटी लिएको रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो ।

सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग ओलीले २ वर्षअघि जग्गा किन्न लागेको र त्यसका लागि रकम नपुगेको भएको भन्दै सापट लिइन् ३६ लाख रुपियाँ ।

व्याजसहित फिर्ता गर्ने सर्तमा पैसा लिएकी ओलीले कटुवाललाइ समयमा पैसा फिर्ता गर्न सकिनन् । दिएको चेक पनि बाउन्स भयो । त्यसबीचमा कटुवालले पटक पटक खुश्बुलाई भेटन प्रयास गरे पनि । खुस्बु सम्पर्कविहीन भएपछि कटुवालले अदालतमा खुस्बुविरुद्ध ठगी मुद्दा दायर गरेका थिए ।

उक्त मुद्धामा फैशला गर्दै जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार खुस्बुलाई दुई वर्ष कैदको फैसला सुनाएको छ ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement