टिसिएल ब्राण्डको टिभीको माग ५० प्रतिशतले बढ्योः सिजी इलेक्ट्रोनिक्स

Advertisement

काठमाडौं । नेपालमा पनि पछिल्लो समय टिसिएलका यूएभडी टिभीसहित बिद्युतीय उपकरणको माग बढ्दो इओएल प्रालीले जनाएको छ । विश्व बजारमा उत्पादनका आधारमा दोस्रो ठूलो ब्राण्डको रुपमा चिनिएको टिसिएलको अघिल्लो तीन वर्षको तुलनामा यस ब्राण्डको एलइडी टिभीको माग ५० प्रतिशतले बढेको जनाइएको छ ।

नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी गु्रप अन्तर्गतले इओएलमार्फत नेपाली बजारमा बिक्री हुने गर्छ । अहिले नेपालमा टिसिएल ब्राण्ड चौथौं स्थानमा पर्ने कम्पनीको भनाई छ । बजारमा टिसिएल स्मार्ट टिभीको माग बढ्दो रहेको जनाउँदै कम्पनीले विशेषगरी एलइडीमा पनि युएचडी टीभीको माग बढि रहेको जनाएको छ ।

नयाँ पुस्ता प्रबिधिसँग नजिक हुने कारण उपभोक्तालाई नयाँ प्रोडक्टको फिचरको बारेमा जानकारी हुन्छ । त्यसैले स्मार्ट टिभीको जवानामा थप प्रविधिसहितको युएचडी टिभी आएको छ । विश्व बजारमा आएको नयाँ प्रविधिलाई आगामी दिनमा नेपाली बजारमा ल्याउने तयारीमा रहेको इओएलले जनाएको छ ।

सुलभ मूल्य, क्वालिटि प्रोडक्ट, सर्भिसमा विश्वसनियताका कारण नै नेपालमा सिजी इलेक्ट्रोनिक्सको बजार बढ्दो रहेको भन्दै चौधरी समूहले सातै प्रदेशमा डिलर र सर्भिस सेन्टरहरु विस्तार गरी सेवा दिँदै आएको जनाएको छ । नेपालको ग्रामिण वस्तीदेखि ठूलो बजारसम्म सिजी इलेक्ट्रोनिक्सका सामान सजिलै पाइने कम्पनीको भनाई छ ।

सर्वसाधारणदेखि उच्च वर्गीय उपभोक्तालाई ध्यानमा राखेर सेवा प्रदान गरेकै कारण हामी सफल भएका हौं भन्दै सिजी इलेक्ट्रोनिक्सले आफूहरु सधै गुणस्तरियतामा विश्वास गर्ने, टिसिएल आफैमा ब्राण्ड भएको जनाएको छ । नेपाली बजारमा टिसिएलका युएचडी टिभीमा सी६ र पी८ गरी दुई वटा नयाँ मोडल सार्वजनिक भएको छ ।

युएचडी टिभीमा आर्ट डिजाइन, स्मार्ट फङ्सन, भ्वाईस कमाण्ड, गुगल असिस्टेन्ट, गुणस्तरीय दृष्य, कनेक्टीभिटी तथा क्वालिटियुक्त साउण्ड छन् । आर्टका मात्र चार डिजाइन छन् । स्मार्ट फङ्सनमा नेटफ्लिस, युटुव, एप स्टोर, टिभी ३ पल्स समावेश गरिएको छ । यूएचडी टिभीमा ब्लुतुथ, वाइफाइ, एचडीआई र युएसवी जडान गर्ने मिल्छ ।

टिसिएल टिभी सन १९८१ मा सुरुवात गरेको पाइन्छ । आइएचएस पछिको २०१६ मा नै उत्कृष्ट टप ३ मा परेको थियो । यसले गर्दा पनि अहिले विश्व बजारमा यसको माग अत्याधिक बढेको कम्पनीले जनाउँदै आएको छ । टिसिएल प्यानल, मोडुलस, सेट र व्याकलाइट क्षमतामा उत्पादन भएको हो । सन २०१६ मा नै आइएचएसमार्फत उत्पादनको आधारमा विश्वको टप तीनमा परेको थियो । विश्वमा टिसिएल ब्राण्ड मुल्याकन २००७ मा ४० दशमलव १३६ अर्ब आरएमबी रहेकोमा १० वर्षमा बढेर ८०६ दशमलव ५६ अर्ब आरएमबी पुगेको छ । टिसिएल टिभिको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ ।

टिसिएल ब्राण्ड विश्वमा १५ ओटा अवार्ड विजेता समेत भइसकेको छ । टिसिएलको २३ वटा आर एण्ड डी सेन्टर ७५ हजार कर्मचारी २१ वटा म्यानुफ्याक्चरिङ बेस, १६० वटा विश्व बजारमा आप्mनो व्यापार विस्तार गरेको छ । सिजी इलेक्ट्रोनिक्सले टिसिएल ब्राण्डको टिभी नेपाली बजारमा ल्याएकाले ग्राहकले पनि मन पराएको कम्पनीको भनाई छ । त्यसैले आगामी दिनमा अझ यसका विश्वमा उत्कृष्ट टिभी नेपाली बजारमा ल्याउन लागेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement