काठमाडौं । अफगान युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबिच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । कतारमा अमेरिका र तालिवानले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार तालिबानले आक्रमण रोक्नेछन् भने अमेरिका नेतृत्वको नेटो फौजले १४ महिनाभित्र अफगानिस्तान छाड्नेछन् ।
यो सम्झौतासँगै सन २००१ देखि जारी अफगान युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।अलकायदाले अमेरिकाको ट्वीन टावरमा आक्रमण गरेपछि सन २००१ म अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेको थियो । अफगाना युद्धमा २ हजार ४ सय अमेरिकी सेनाको मृत्यु भैसकेको छ । अहिले पनि १२ हजार अमेरिकी सेना अफगानिस्तानमा तैनाथ रहेका छन् ।
कतारले अफगान युद्ध अन्त्यका लागि मध्यस्थता गर्दै आएको थियो । शान्ति सम्झौताका लागि अमेरिकी स्टेट सेक्रेटरी माइक पाम्पाओको उपस्थितिमा शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । शान्ति प्रक्रियालाई रुस र चीन तथा युरोपियन युनियन आवद्ध मुलुकहरुले पनि स्वागत गरेका छन् ।