सुन प्रतितोला १२ सय रुपियाँ घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । केही सातादेखि लगातार बढ्दै आएको सुनको मूल्य आज गत शुक्रबारको तुलनामा प्रतितोला १२ सय रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार रुपियाँ तोकिएको छ । गत शुक्रबार भने ७९ हजार २ सय रुपियाँमामा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ७७ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी प्रतितोला ८ सय ६० रुपियाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने चाँदी प्रतितोला ८ सय ८० रुपियामा कारोबार भएको थियो । यसरी हेर्दा गत शुक्रबार भन्दा चाँदी प्रतितोला २० रुपियाँ घटेको हो ।

Advertisement

Advertisement

Advertisement