महोत्तरीमा गोली चल्यो, एक गम्भीर घाइते

Advertisement

महोत्तरी । मनरासिसवा नगरपालिका ३ का ६० बर्षीय सहदेव यादवलाई शौचालय गर्न निस्किएको बेला गोली हानिएको छ । छातिको तल्लो भागमा गोली लागेर गम्भीर घाइते भएका यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

महोत्तरी जिल्ला प्रहरी कार्यालका प्रवक्ता माधव बुढाथोकीका अनुसार गोली हानेको आशंकमा यादवका एक नातेदारलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । घटना भएको जानकारी भएपछि प्रहरी घटनास्थल पुगेर यादवको उद्दार गरेको थियो । घटनास्थलमा चाइनिज पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरिएको छ ।

Advertisement

Advertisement

Advertisement