एसीसी इस्टर्न रिजन क्रिकेटः आज पनि नेपालको हार

Advertisement

काठमाडौं । एसीसी इस्टर्न रिजन क्रिकेटमा शनिबार मलेसियासँग पराजित भएको नेपाल आइतबार हङकङसँग पराजित भएको छ । थाइल्याण्डको बैंककमा आज भएको खेलमा नेपाललाई हङ्कङले ४३ रनले हराएको हो ।

हङकङले दिएको १५५ रनको लक्ष्य भेट्टाउन जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै जम्मा १११ रन मात्र बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६ रन, कुशल मल्लले १९ रन, आरिफ शेखले १० रन बनाए । हङकङका लागि हरुन मोहमद अर्सादले ५ विकेट, अफ्ताफ हुसेनले ३ र इशान खानले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङसँगको पराजयसँगै पाकिस्तानमा सेप्टेम्बरमा हुने एसिया कप छनोट खेल्ने नेपालको लक्ष्य संकटमा परेको छ । जारी इष्र्टन रिजनको प्रतियोगितामा नेपाल, मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ छन् । यस प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा खेल्न पाउने छन् ।

Advertisement

Advertisement

Advertisement