धनगढीमा महालक्ष्मी इन्स्योरेन्सले गर्यो सम्पत्ति शुद्धीकरण निवारण तालिम

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम शनिबार धनगढीमा सम्पन्न गरेको छ ।

प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा÷उपशाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरियो ।

गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू कुन–कुन हुन्, नियन्त्रणका प्रकृयाहरु के के हुन्, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरीवाना कति छ आदी विषयमा विस्तृत जानकारी दिइयो ।

कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले सहजीकरण गरेको तालिममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराको पनि उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement