अन्तर्राष्ट्रिय उडानहरु रोक्ने तयारी, सीमा नाका पनि ‘शिल’ गरिने

Advertisement

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन अन्तर्राष्ट्रिय उडानहरु रोक्ने तयारी गरेको छ । नेपालमा नियमित उडान भर्ने अधिकांश देशहरुमा कोरोनो भाइरसको संक्रमण बढेकाले सबै अन्तर्राष्ट्रिय उडान रोक्नबारे छलफल अघि बढेको हो ।

सरकारले रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा अन्य केही मन्त्रीहरु सम्मिलित कार्यदल भने गठन गरिसकेको छ । चीनतर्फका सीमा नाका ‘शिल’ गरिसकेको सरकारले भारततर्फका नाकाहरुबारे पुनर्बिचार गर्नुपर्ने भनेको छ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० को अन्तराष्ट्रिय प्रवद्र्धन रोकिसकेको छ । नागरिकस्तरबाट पनि अन्तर्राष्ट्रिय उडान बन्द गर्न दबाव बढिरहेको छ । नेपाल सरकारका पूर्व कर्मचारी प्रकाश उपाध्यायले–‘ नेपाल सरकारलाई सादर आग्रह करिब १ महिनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय उडानका लागि बन्द गरौं । कोरोना भाइरसको उच्च जोखिममा नेपाल’, भनेर लेखेका छन् ।

Advertisement

Advertisement

Advertisement