आफ्नै पार्टी निकटको कार्यक्रममा प्रचण्डमाथि जुत्ता प्रहार

Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार जुत्ता प्रहार भएको छ । आफ्नै पार्टीनिकटको कार्यक्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता हानिए पनि उनलाई भने लागेन् ।

नेकपाका स्वर्गीय नेता भरतमोहन अधिकारीको प्रथम स्मृति दिवससम्वन्धी राष्ट्रियसभामा आयोजित कार्यक्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता हानिएको हो । कार्यक्रमलाई सम्बोधन गरी सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको प्रत्यक्षदर्शीहरुले बताए ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर निर्मम तरिकाले कुटेको प्रत्यक्षदर्शीहरुले बताए । उनी को थिए ? खुलेको छैन । यसअघि प्रचण्डलाई उनकै एक कार्यकर्ताले थप्पड पनि हानेका थिए ।

Advertisement

Advertisement

Advertisement