ललिता निवास प्रकरणमा मुछिएका तत्कालिन मुख्यसचिव एवं चीनका राजदूतलाई फिर्ता बोलाइयो

Advertisement

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा मुछिएका तत्कालिन मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाएको छ ।

उनलाई १५ दिनभित्र नेपाल फर्किन निर्देशन दिइएको जनाइएको छ आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको हो । फिर्ता बोलाउनुको कारण नखुलाइए पनि अनियमिततामा संलग्न मुख्य कारण हुनसक्ने औंल्याइएको छ ।

पौडेल ललिता निवासको जग्गा अनियमितता, दरबारमार्गकै नेपाल ट्रष्टको अन्नपूर्ण होटल व्यक्तिको नाममा पास गराएको जस्ता प्रकरणमा मुछिएका छन् । चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेको बेला राजदूतलाई फिर्ता बोलाइएको हो।

Advertisement

Advertisement

Advertisement