सामसङले नेपाली बजारमा ल्यायो नयाँ दुई फोन सेट, एस२० र एस२० प्लसको यस्तो छ मूल्य र विशेषता

Advertisement

काठमाडौँ । स्मार्टफोन ब्राण्ड सामसङ नेपालले आफ्नो प्रि अडर अफर अन्तर्गत ग्यालेक्सी एस२० स्मार्टफोन बजारमा ल्याएको छ ।सामसङको यो फल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरिएको छ, जसले गर्दा यो फोनले संसारलाई क्याप्चर गर्नलाई थप सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नेपालमा फागुन ३० गते देखि ग्यालेक्सी एस२० र एस२० प्लस उपलब्ध हुनेछ । साथै प्रि–अडर गर्ने उपभोक्ताहले यी फोनहरु सो मिति भन्दा अगाडि नै पाउने कम्पनीले आज पत्रकार सम्मेलन गरी जनाएको छ । सामसङको ग्यालेक्सी एस२० को मूल्य १ लाख ७ हजार ४ सय ९९ र ग्यालेक्सी एस२० प्लसको मूल्य १ लाख १९ हजार ४ सय ९९ रुपियाँ तोकिएको छ ।

ग्यालेक्सी एस२०सीरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो, जसले उच्चस्तरीय फोटो एवम् भिडियो सम्पादन गर्न सकिन्छ । जीवन्त रुपमा फोटो खिच्ने तरिका एवम् आफनो विषयवस्तलाई वेग्लै तरिकाबाट प्रस्तुत गर्ने स्वतन्त्रता यसले प्रदान गर्ने कम्पनीले जनाएको छ ।

‘सामसङ एस२० सीरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ ।’ सामसङ मोबाइल बिजिनेस हेड प्रणयरत्न स्थापितले बताए ।

उच्च स्तरीय फोटो खिच्नको लागि एस२० सीरिजमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ, दुबै फोनमा ३० ए्क्स सम्मको जुम रहेको छ ।

ग्यालेक्सी एस२० तथा एस२० प्लसको फागुन १४ देखि शुरु हने अग्रिम अर्डर अवधिमा नेपालका कुनै पनि सामसङका स्टोरमा रु ५०००/–जम्मा गरेर अर्डर गर्न सकिन्छ । एस२० दुईवटा रंग कस्मिक ग्रे र क्लाउड ब्लु तथा एस२० प्लस तीनवटा रंग कस्मिक ब्ल्याक, कस्मिक ग्रे र क्लाउड ब्लुमा उपलब्ध छ ।

ग्यालक्सा एस२० प्लस अग्रिम अर्डर गरेका गाहकहरुले ग्यालेक्सी बडस प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभि रु. ५,९९९/– मा खरिद गर्न सक्नेछन् । साथै, ग्यालेक्सी एस२० अग्रिम अर्डर गरेका ग्राहकहरुले रु. २,९९९/– थप गरी ग्यालेक्सी बडस प्लस वा ३२ इन्चको सामसङ टिभि रु ८,९९९/– मा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै अग्रिम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी उपहार स्वरुप टर्किस एअरलाइन्समा, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजहरुमा, लेट मि इनका सेवाहरुमा, बयोधा हस्पिटलमा एवम् केजीएच ग्रूपको प्रोपर्टिजमा भारी छुट पाउने छन । अग्रिम अर्डर गरेका ग्राहकहरुलाई एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) पनि उपलब्ध हुनेछ ।

साथै अग्रिम अर्डर गर्ने ग्राहकहरु लक्की ड्र का लागि स्वतः योग्य हुनेछन् । जसमा विजेताहरुले टर्कीस एयरलाईन्सको तर्फबाट दुइतर्फी बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टिभ २, केजीएच ग्रुपको वाटरफ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटेलमा दुई रात बसाइ पाउने छन् । लेट मि इनको तर्फबाट रु. ५०००/– बराबरको कुपन पनि पाउने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement