छडको कच्चापदार्थ आयातमा कमी, ६ महिनामा नौ हजार ८४१ मेट्रिक टन मात्रै भित्रियो

Advertisement

भैरहवा । यहाँस्थित भन्सार कार्यालयबाट फलामे छड बनाउन आवश्यक कच्चापदार्थ ‘एमएस बिलेट’ आयातमा कमी आउँदा राजश्व सङ्कलन समेत प्रभावित भएको छ ।

दोस्रो ठूलो सो भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को पुस महिनासम्म नौ हजार ८४१ मेट्रिक टन मात्र सो कच्चा पदार्थ आयात भएको छ । गत आवको सो अवधिमा २९ हजार ९०३ मेट्रिक टन आयात भएको थियो । २० हजार ६१ मेट्रिक टन कच्चापदार्थको आयातमा कमी आएको प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिए ।

कच्चा पदार्थ आयातमा कमी आउँदा राजश्वमा समेत कमी आएको छ । गत वर्षको पुससम्म दुई अर्ब २० करोड ४८ लाख ९२ हजार राजश्व असुली भएकोमा चालुआवको पुस सम्ममा ९५ करोड ९७ लाख २२ हजार मात्र असुली भएको छ । सो अवधिमा उठेको राजश्वमा एक अर्ब २४ करोड ५१ लाख ७० हजार कमी भएको भन्सार अधिकृत गोपाल शर्माले जानकारी दिए ।

पञ्चकन्या, लक्ष्मी, काठमाडौँ, एसआर, एभरेष्ट रोलिङ जस्ता ठूला छड उद्योगले यो भन्सार हुँदै भारतबाट कच्चापदार्थ ल्याउने गर्दछ । यसरी कच्चापदार्थको आयातमा कमी हुनु पूर्वाधार विकासका काम कमी हुनु बुद्धिजीवीहरु बताउँछन् ।

Advertisement

Advertisement

Advertisement