एनआईसी एशियामा मुद्दती खाता खोल्दा २१ लाख रुपियाँसम्मको बीमा सुविधा

Advertisement

काठमाडौं । एनआईसी एशिय बैंककले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो ।

यसअघि विभिन्न अविस्वासनीय सुविधाहरु दिदै आएको बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहक महानुभावहरूको लागि तीन विभिन्न अतुलनिय बीमा सुविधा दिएको छ । जसले परम्परागत रुपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषानै फेरिदिएको छ ।

बैंकले ग्राहक महानुभावहरुको सुविधाको लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत जीवनमा आईपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिएको छ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ ।

यस्तै, ग्राहकमहानुभावले १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नुहुनेछ । ग्राहक महानुभावले बहिरंग (ओपीडी) उपचार गर्नु परेमा २० हजार रुपैयाँ सम्मको सुविधा लिन सकिनेछ । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सक्नुहुनेछ । ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ ।

बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरिसकेका छन् । २१ लाखसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बैंकले सम्झौता गरे अनुरुप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनैपनि अतिरिक्त शुल्क खर्च नगरी १४ हजार रुपैयाँको सेवा लिन सक्नेछन् ।

न्यूनतम १ लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहकले १८ घातक रोगहरुको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउने छन् ।

न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सक्नेछन् । बैंकर्स संघमा भएको भद्र सहमती अनुसार मुद्दती निक्षेप खातामा ९.२५ प्रतिशत सम्म ब्याज पाउने छन् । त्यसमा शाखा प्रमूखले बढीमा ०.५० प्रतिशत सम्म ब्याजदर थप्न सक्छन् । एनआईसीले भने सर्वाधिक उच्च ब्याजदर सँगै आफ्ना ग्राहकको फाइदाको लागि २१ लाख रूपैयाँसम्मको बीमा सुविधा थप गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement