चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठ र तान्जानियाका राजदूत लुभान्डाबीच भेटवार्ता

Advertisement

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र तान्जानियाका राजदूत लुभान्डाबीच सोमबार भेटवार्ता भएको छ ।

भेटघाटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले नेपाल र तान्जानिया भौगोलिक रुपले टाढा भएपनि व्यापारको माध्मबाट निकट राख्न सकिने बताए । उनले विभिन्न व्यापार मेलामा द्विपक्षीयको सहभागिता व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्कले दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृत बनाउने जानकारी दिए ।

नेपाल र तान्जानिया दुवै कृषिजन्य पर्यटकीय मुलुक भएकोले तान्जानियाका राजदूतले तान्जानियाको आर्थिक संभाव्यता बारे बताउनु भयो । उनले तान्जानिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीजसँग द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन गर्न समझदारी पत्र कायम गर्न सुझाव दिए ।

अहिले तान्जानियाले भारतको मुम्बईबीच प्रत्यक्ष हवाई सम्पर्क कायम भएकोले तान्जानिया र नेपाल बीच व्यापार गर्न संभव रहेको र तान्जानिया वन्यजन्तु आरक्षण स्थल रहेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement