त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ बन्द, ‘अत्यावश्यक बाहेक विमानस्थलमा प्रवेश नगर्नू'

Advertisement

काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न सोमबार सूचना जारी गरेको छ ।

प्राधिकरणका महाप्रबन्धक देबेन्द्र केसीले बिज्ञप्ति प्रकाशित गरी विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ बन्द भएको जनाएको छ ।

यता, सरकारले संक्रमण फैलन सक्ने भन्दै सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरिसकेको छ । प्राधिकरणले आफन्तजनको स्वागत तथा विदाइमा आउनेहरुलाई पनि अत्यावश्यक भएको अवस्थामा बाहेक नआउन भनेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि विमानस्थल प्रवेशमा कडाई गरिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement