अन्तराष्ट्रिय उडान रोक्न सर्वाेच्चको आदेश

Advertisement

काठमाडौं । सर्वाेच्च अदालतले कोरोना भाइरसको जोखिमबाट नागरिकलाई जोगाउन अन्तराष्ट्रिय उडानमा रोक लगाउन आदेश दिएको छ ।

सर्वाेच्च अदालतका न्यायधिश तेज बहादुर केसीको एकल इजलासले कोरोनाको संक्रमणबाट जोगाउनका लागि अन्तराष्ट्रिय उडान रोक्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता पूर्ण राजबंशीले कोरोनाको संक्रमणबाट आफ्ना नागरिकलाई जोगाउनका लागि अन्तराष्ट्रिय उडानमा रोक लगाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट हालेका थिए ।

अदालतले ‘कोरोना भाइरस (कोभिड १९) को गम्भीर संक्रमण फैलिएका देशहरु (चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि) बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्रा्ष्ट्रिय उडानका अवस्था र परिस्थितिको गम्भीरताको सुक्ष्म मूल्यांकन गरी आम जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाको लागि अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण हुने र अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने र ती देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनुका साथै शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्कालै आइसोलेसन र क्वारेन्टाइनमा राखी छुट्टै उपचारको व्यवस्था मिलाउने ।’, भनेको छ ।

चीन, जापान, दक्षिण कोरियो, बहराइन, इरान लगायतका देशबाट हुने उडान रोक्ने कामलाई उच्च प्राथमिकतामा राख्न भनेको हो । सर्वाेच्चले आवश्यकता अनुसार केहि दिन वा केहि महिनालाई उडान रोक्न भनेको हो ।

Advertisement

Advertisement

Advertisement