अर्थमन्त्री, गर्भनर र बामदेव गौतमको नियुक्ती अन्यौलमा, तीनै पद खाली हुँदै

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । उनको बुधबार मृगौला प्रत्यारोपण गरिँदैछ ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएसँगै अर्थमन्त्रीको कार्यकाल, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती र राष्ट्रिय सभामा बामवदेव गौतमलाई नियुक्त गर्ने प्रक्रिया समेत अन्यौलमा पुगेको छ ।

भोली अर्थात फागुन २० गतेबाट अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । पुनः राष्ट्रिय सभामा नियुक्त नभए उनी स्वतः अर्थमन्त्रीबाट हट्नेछन् । सरकारले अर्थमन्त्रीमा पुनः सपथ गराउन पनि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएर आउनुपर्नेछ ।

उता, बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय पनि अन्यौलमा छ ।

फागुन २१ गते राष्ट्रिय सभाका नव निर्वाचित सदस्यहरुको सपथ ग्रहणको कार्यक्रम तय भएको छ । तर आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्य सिफारिस सम्बन्धी कुनै पनि निर्णय गरेन् ।

चैत ५ गतेबाट नेपाल राष्ट्र बैंकको गभर्नर पद खाली हुँदैछ । गभर्नर नियुक्तीका लागि अर्थमन्त्रीको नेतृत्वमा छनौट समिति बनाउनुपर्छ । त्यस्तो समिति बनाउन पनि मन्त्रिपरिषदको बैठक बस्नुपर्छ । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बस्ने मन्त्रिपरिषद बैठकले त्यस्तो समिति बनाउन सक्ने वा नसक्ने एकिन भएको छैन् ।

Advertisement

Advertisement

Advertisement