काँठ क्षेत्रमा 'रियलस्टेट' कम्पनीलाई राहत, ऋण सीमा बढेर ६० प्रतिशत

Advertisement

काठमाडौंनेपाल राष्ट्र बैंकले काँठ क्षेत्रमा रियल कम्पनीहरुलाई राहत दिएको छ । अब काठमाडौं महानगरपालिकासँग नजोडिएका नगरपालिका उपत्यकाका नगरपालिकाहरुमा रियलस्टेट कम्पनीहरुले ६० प्रतितसम्म ऋण पाउनेछन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षामा लेखेको छ–‘नियमानुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीहरुले सञ्चालन गर्ने नेपाल सरकारको सम्वन्धित निकायबाट अनुमति प्राप्त आयोजनाका लागि प्रदान गरिने कर्जाको ऋण मूल्य अनुपात (एलटीभी रेसियो) महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० प्रतिशत र सो बाहेकका क्षेत्रमा ६० प्रतिशत कायम गरिनेछ ।’

अर्थात अब काठमाडौं महानगरपालिकासँग सिमा नजोडिएका भक्तपुर, ललितपुरका नगरपालिकाहरुमा रियलस्टेट कम्पनीहरुले ६० प्रतिशतसम्म ऋण पाउनेछन् । यस अघि काठमाडौं उपत्यका(काठमाडौं, भक्तपुर र ललितपुर)मै रियलस्टेट कम्पनीहरुले ५० प्रतिशत मात्रै ऋण पाउँदै आएका थिए ।

अब भने काठमाडौंको दक्षिणकाली, भक्तपुरका चार वटै नगरिपालका र ललितपुरको ललितपुर महानगरपालिका बाहेकका स्थानीय तहहरुमा रियल स्टेट कम्पनीहरुले आफ्ना परियोजना निर्माण गर्दा ६० प्रतिशतसम्म ऋण पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement