युनाईटेड फाइनान्सका सीईओ अजय मिश्रलाई कम्पनी सचिवको पनि जिम्मेवारी

Advertisement

काठमाडौँ । युनाईटेड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजयकुमार मिश्रले कम्पनी सचिवको समेत जिम्मेवारी पाएका छन् ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सीईओ मिश्रलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाको कम्पनी सचिवका रुपमा कार्यरत वरिष्ठ प्रबन्धक शेषकुमार ढुंगानाले स्वेच्छिक अवकाश लिई सेवा निबृत्त भएपछि रिक्त रहेको कम्पनी सचिवमा सीईओ मिश्र नियुक्त भएका हुन् ।

Advertisement

Advertisement

Advertisement