गोकर्ण गल्फ क्लबमा शुक्रबार र शनिबार ‘हुण्डाई ओपन गल्फ टुर्नामेन्ट’ हुने

Advertisement

काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकेन्टीनेन्टल प्रालिले यसवर्ष पनि हुण्डाई ओपन गल्फ टुर्नामेन्ट आयोजना गर्ने भएको छ ।

उक्त टुर्नामेन्ट गोकर्ण गल्फ क्लबमा आगामी शुक्रबार र शनिबार आयोजना हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ३/४ ह्याण्डीक्यापमा खेलिने छ । यस टुर्नामेन्टमा नेपामा १३० गल्फर्सहरुले प्रतिष्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

टुर्नामेन्टमा टाइटल वीनर, फस्र्ट रनरअप, सेकेन्ड रनरअफ, वेस्ट ग्रस, लेडिज वीनर, सिनियर वीनर(६० वर्ष उमेर माथिको), जुनियर वीनर(१७ वर्ष मुनिको), हुन्डाई क्याटेगरी वीनर, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु दी पिन, मोस्ट ब्रिडिज क्याटेगरीमा विजेता घोषित गरिने छ ।

यसका साथै होल इन वन विजेतालाई उपहार स्वरुप एक थान हुण्डाई ग्राण्ड आई१०(मेग्ना) गाडी प्रदान गर्ने घोषणा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement