साहित्यकार आनन्ददेब भट्टलाई प्रलेसले सम्मान गर्ने

Advertisement

काठमाडौं । प्रगतिशील लेखक संघले झण्डै ७० ओटा संघ सस्थाको सहकार्यमा साहित्यकार आनन्ददेब भट्टलाई अभिनन्दन गर्ने भएको छ । शुक्रबार बरिष्ठ प्रगतीवादी लेखक तथा साहित्यकार भट्टलाइ सम्मान गर्न लागि प्रलेसले जनाएको छ ।

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा उप प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले भट्टलाइ अभिनन्दन गरिने प्रलेसका अध्यक्ष जिबेन्द्रदेब गिरिले जानकारी दिए ।

भट्टले नेपालको शिक्षा, साहित्य र राजनितिको क्षेत्रमा पुर्याएको बिशिष्ट योगदानको कदर स्वरुप अभिनन्दन गर्न लागिएको गरिले बताए ।

प्रलेससंगै पारिजात स्मृती केन्द्र, जनसास्कृतिक महासंघ, रमेश बिकल साहित्यिक प्रतिष्ठान, काठमाडौं महानगरपालिका, आधारशिला कलेज साहित्यिक बिभाग , प्रगतीशिल प्राध्यापक संगठन लगाएत ७० संघ सस्था यो अभिनन्दन कार्यक्रममा जोडिने भएका छन् ।

प्रलेसले यस अघि पनि समाजमा साहित्य र शिक्षाको माध्यमबाट योगदान पुर्याउदै आएका व्यक्तिहरुलाइ सम्मान गर्दै आएको र त्यसैको निरन्तरता यो अभिनन्दन भएको प्रलेस अध्यक्ष गिरिले बताए ।

कार्यक्रमको लागि आर.एम डंगोलको नेतृत्वमा प्रचार प्रसार बिभाग, मातृका पोखरेलको नेतृत्वमा कार्यक्रम व्यवस्थापन बिभाग, बासुदेब अधिकारीको नेतृत्वमा आर्थिक तथा जिबेन्द्र गिरिको नेतृत्वमा प्रकाशन समिति पनि गठन गरिएको छ ।

भट्टको ९ ओटा कविता, ३ ओटा निबन्ध र ७ ओटा समालोचनाको गरि २६ पुस्तक प्रकाशित रहेका छन् । साथै अन्य फुटकर लेख रचनाहरु पनि प्रकाशनमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement