एसीसी इष्टर्न रिजन क्रिकेटः नेपालले बल्ल एक खेल जित्यो

Advertisement

काठमाडौं । थाइल्याण्डको बैंककमा जारी एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगितामा नेपालले बल्ल एक खेल जितेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले हराउन सफल भएको हो ।

यसअघि मलेसिया र हङकङसँग पराजित भएसँगै पाकिस्तानमा सेप्टेम्बरमा हुने एसिया कप छनोट खेलमा खेल्ने संभावनाबाट टाढिँदै गएको नेपालको आजको जितले केही संभावना बढेर गएको छ । इष्टर्न रिजनमा पाँच वटा टिमबीच प्रतिस्पर्धा भइरहेको छ । यो प्रतिस्पर्धाबाट छानिएका दुई वटा टिम एसिया कप छनोटमा खेल्न पाउने छन् ।

आज भएको खेलमा थाइल्यान्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभर पूरा गरी जित हासिल गर्न सफल भएको हो । एक विकेटको क्षतिमै जित निकाल्न सफल नेपालका लागि ओपनर कुशल मल्लले १८ बलमा ३६ रन जोडेका थिए भने पवन सर्राफले १० बलमा २७ रन जोडेका थिए । त्यस्तै, ९ रन बनाएका पारस खड्का बोल्ड आउट भए ।

टस जितेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो। थाइल्याण्डलाई पराजित गर्न नेपालका करण केसीले ३ विकेट लिए भने अबिनाश बोहराले २, सन्दीप लामिछानेले १ र भुवन कार्कीले १ विकेटथिए ।

Advertisement

Advertisement

Advertisement