टिभिएस मोटर इपिएल २०२० को टाइटल प्रायोजक

Advertisement

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस वर्षको इपिएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ । यसरी टाइटल प्रायोजन गरे सँगैं अब इपिएल भएको छ टिभिएस इपिएल २०२० ।

इपिएल नेपालको फ्रेन्चाइज क्रिकेटहरु मध्ये सर्वाधिक लोकप्रिय प्रतियोगिता बन्न सफल भैसकेको छ । राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरका समेत लोकप्रिय क्रिकेट खेलाडीहरुको उत्कृष्ट भिडन्त हेर्न पाइने यो प्रतियोगिता यही मार्च १४, २०२० देखि मार्च २८, २०२० सम्म किर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

नेपालका क्रिकेट प्रेमीहरुले अत्यन्त उत्सकुताका साथ प्रतिक्षा गरिरहेको उक्त इपिएल २०२० को टाइटल प्रायोजन गर्ने सम्बन्धमा नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र इपिएलको तर्फबाट आमिर अख्तरले सम्झौता पत्रमा आज एक समारोहबीच हस्ताक्षर गरे ।

सो समारोहमा जगदम्बा मोटर्सका अग्रवालले इपिएलको एक हिस्सा हुन पाएकोमा गर्व लागेको बताए । साथै ईपीएल आयोजकको तर्फबाट अख्तरले इपिएलको यो संस्करणलाई साथ दिएकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिंदैं यसरी अन्तर्राष्ट्रिय स्तरको ब्राण्डसँग इपिएल आबद्ध हुनुले प्रतियोगिताको प्रतिष्ठा अझ वृद्धि भएको बताए ।

Advertisement

Advertisement

Advertisement