डिजिटल भुक्तानी सेवा ‘मोरु’को 'सफ्ट लन्च', अर्को महिनाबाट व्यवसायिक सञ्चालन

Advertisement

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक नयाँ कम्पनी पे नेप प्रालीले ‘मोरु’ ब्राण्डमा आफ्नो सेवाको सफ्ट लन्च गरेको छ । कम्पनीले एन्ड्रोइड सिस्टमका लागि नयाँ एप्लिकेशन सञ्चालनमा ल्याउँदै अर्को महिनाबाट व्यवसायिक सञ्चालनको तयारी गरेको छ ।

आफ्ना सबै बैंक खाताहरु एउटै एपमा एग्रिगेट गरेर वालेटमार्फतका साथै बैंकबाट समेत रियल टाइममा भुक्तानी गर्न सकिने फरक खालको यो भुक्तानी सेवाले आईओएस सिस्टमको एप्लिकेशन पनि चाँडै सञ्चालनमा ल्याउने जनाएको छ ।

कम्पनीका प्रवन्ध निर्देशक मनोज घिमिरे एउटै क्षेत्रमा अरुसँग प्रतिस्पर्धा गर्ने भन्दा पनि नयाँ क्षेत्रमा पनि आफूहरुले बजार खोज्ने बताउँदै विद्युतीय भुक्तानी सेवाका निकै धेरै क्षेत्रमा अहिलेका सेवा प्रदायकहरु पुग्न नसकेको बताए । उनले व्यापकरुपमा अघि बढ्ने तयारीमा रहेको भन्दै सोही तयारीका क्रममा केही समय लागेको बताए ।

मोरु वालेट सर्भिसका साथै बैंकसम्म पुग्ने साँचो भएको कम्पनीले जनाएको छ । वालेटमा थोरै पैसा राख्न सकिन्छ भने ठूलो खालको भुक्तानी बैंकमार्फत रियल टाइममा गर्न सकिन्छ । यसबाट हरेक बैंकको एप डाउनलोड गरिरहनुपर्ने आवश्यकता हुँदैन् ।

Advertisement

Advertisement

Advertisement