काठमाडौँ स्कुल अफ ल र चक्रवर्ती ल कलेजका ३ सय ट्राफिक स्वयम् सेवक सम्मानित

Advertisement

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक कार्यक्रम गरी काठमाडौँ स्कुल अफ ल र चक्रवर्ती ल कलेजको कानुन संकायबाट खट्टिएका ट्राफिक स्वयम् सेवकहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र काठमाडौँ स्कुल अफ लका डाईरेक्टर युवराज सङ्ग्रौलाले विद्यार्थीहरू ट्राफिक स्वयम् सेवकहरूलाई प्रमाण प्रत्र दिएर सम्मान गरेका हुन ।

कार्यक्रममा महाशाखाका प्रमुख ढकालले युवाहरूमार्फत ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म पुर्यारएर ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि भएको र ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई स्वतः आम प्रवृत्तिको रूपमा विकास गराउन सफल भएकोमा धन्यावाद तथा उज्ज्वल भविष्यको कामना समेत गरे ।

नेपाल प्रहरीले आत्मसात गरेको लोकप्रिय कार्यक्रम समुदाय(प्रहरी साझेदारिता अवधारणा अनुरुप सहकार्य र सक्रिय सयुक्त सहभागिताको आधारमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त वनाउन यस महाशाखा र ल कलेजहरूबाट यही मसिर ८ देखि मसिर १३ गते सम्म उपत्यकाको २५ स्थानमा ३०० जना विद्यार्थीहरू ट्राफिक स्वयम् सेवकका रूपमा काम गरेका थिए ।

आगामी दिनमा पनि ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग तथा सहकार्य गरी अघि वढ्ने कुरा काठमाडौँ स्कुल अफ लका डाईरेक्टर युवराज सङ्ग्रौलाले प्रतिबद्धता गरे ।

Advertisement

Advertisement

Advertisement