प्रतितोला २ सय रुपियाँ बढ्यो सुनको मूल्य, आजको बजार भाउ कति ?

Advertisement

काठमाडौँ । सुनको मूल्य हिजोको तुलनमा प्रतितोला २ सय रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८० हजार ७०० रुपियाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार बुधबार प्रतितोला ८० हजार ५०० रुपियाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८० हजार ४०० रुपियाँ कायम भएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी तोलाको ८८० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement