सिटी एक्सप्रेस र एमएमक्यूबीच सम्झौता, रेमिटान्स कारोबार सुरु

,   २२ फाल्गुन २०७६, बिहीबार, १२:३८ pm   
city

काठमाडौँ । ख्यातिप्राप्त रेमिटान्स कम्पनी इएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सmरबीच रेमिटान्स कारोबर सुरु भएको छ ।

जापान, युएई, जोर्डन स्थित उपभोक्ताहरुले इएमक्यूको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका हुन् ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

aecc

दुई कम्पनीबीच भएको उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्यू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउ ले हस्ताक्षर गरेका छन् ।