कोरोनाको आशंकामा आइसोलेसन वार्डमा राखिएका कोरियाबाट आएका नेपाली भागे, प्रहरी खोज्दै

Advertisement

काठमाडौं । कोराना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका कोरियाबाट फर्किएका एक नेपाली भागेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सरुवा रोग अस्पताल भर्ना गरिएका उनी एकाएक फरार भएका हुन् । अस्पतालबाट भागेका उनलाई अहिले प्रहरीले खोजिरहेको छ । उनी बुधबार कोरियाबाट फर्किएका थिए ।

अस्पतालका चिकित्सकहरुका अनुसार ब्रोङ्‌काइटिस जस्तो समस्या देखिएकाले आइसोलेसन वार्डमा राखिएको थियो । कोरियासहित यूएई र कतारबाट आएका तीन नेपाली र भारतबाट आएका एक विदेशी अस्पताल भर्ना भएकामा बाँकीको स्वास्थ्य सामान्य देखिए पनि एक जनामा समस्या देखिएको थियो ।

थप परीक्षणका लागि उनलाई आइसोलेशन वार्डमा राखिएकोमा भागे पनि अस्पतालले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले अहिले उनको संभावित वासस्थान र अन्य ठाउँमा खोजिरहेको छ । अस्पतालमा केही मानिसहरुलाई कोरोनाको आशंकामा अझै पनि परीक्षण गर्ने काम भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement