प्रधानमन्त्रीले झोलिलो कुरा खान सुरु गरे

Advertisement

काठमाडौं । अर्को मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीले झिलिलो कुरा खान सुरु गरेका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा बुधबार सफल मिर्गौला प्रत्यारोपण भएको थियो ।

स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि चिकित्सकहरुको सल्लाहमा ओलिलाई झोलिलो खाने कुरा दिन थालिएको उनका एक सल्लाहकार सूर्य थापाले बताएका छन् । ओलीलाई नातामा भान्जी पर्ने समीक्षा संग्रौलाले आफ्नो एक मिर्गौला दान दिएकी हुन् ।

ओलीको एउटा मिर्गौलाले काम गर्न छोडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणका क्रममा एपोलोकै सहित तीन भारतीय चिकित्सक नेपाल आएका थिए भने नेपालबाट डा. प्रेम ज्ञवालीको टोली र डा. उत्तम शर्माको टोली खटिएको थियो। प्रधानमन्त्री ओलीले सामान्य अवस्थामा फर्किन करिव १० दिन अस्पतालमै आराम गर्नुपर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement