सिटिजन्स बैंकले सहयोगीलाई प्राप्ति गर्न बोलायो विशेष साधारण सभा, चुक्तापूँजी ९ अर्ब बढी

Advertisement

काठमाडौँ । सिटिजन्स बैंकको पाँचौँ विशेष साधारण सभा चैत १० गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले दिउँसो १ बजे अमृतभोग कालिकास्थानमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति(एक्वीजिशन) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । सहयोगीको १०० कित्ता शेयरलाई सिटिजन्सको ९१.७५ कित्ता शेयर दिने गरी शेयर स्वाप रेसियो कायम गर्ने प्रस्ताव पनि पारित हुने जनाइएको छ ।

सहयोगीलाई प्राप्ति पछि बैंकको जारी तथा चुक्ता पूँजी साबिकको ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार ७ सय १६ रुपियाँबाट बृद्धी भई ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २ सय ९० रुपियाँ हुने गरी बैंकको प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताप विशेष साधारण सभाबाट पारित हुने कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement