शिखर इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन चैत १३ गते, १ः०३ को अनुपातमा पाइने

Advertisement

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले चैत १३ गते हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

प्रतिशेयर रु. १०० अंकित दरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागिएको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६ सय रुपियाँको १ शेयर बराबर शुन्य दशमलव ३ शेयर को अनुपातमा शेयर खरिदका लागि दरखास्त दिन सकिने छ ।

शेयर निष्काशन चैत १३ गते हुने र २०७७ बैशाख ३ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement