होलीमा एनआईसी एशियाको अफर, मोबाइल बैंकिङ प्रयोगकर्तालाई शत प्रतिशत नगद फिर्ता

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ ।

यस योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकहरूले १०० प्रतिशत वा अधिकतम रू. ५,०००/- सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकहरूले पर्याप्त फाइदा उठाउँदै आएका छन् । जसअनुसार बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा मासिक रू. १५,४००/- सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६,०००/- सम्मको लाभ ग्राहकहरूले लिइरहेका छन् ।

डिजिटल फस्र्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भैसकेको बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको छ ।

Advertisement

Advertisement

Advertisement