सेयर बजारमा आज स्थिरता, कारोबार उत्साहजनक

Advertisement

काठमाडौं । दिनभरी नै उतारचढावपूर्ण रहेको सेयर बजारमा बिहीबार सामान्य गिरावट भएको छ । अघिल्ला दिनहरुमा भारी गिरावट भइरहेको सेयर बजार परिसुचक नेप्से आज पाँच दशमलव पाँच दशमलव ५० अंकले घटेर एक हजार ४३५ कायम भएको छ ।

आज कारोबार भने उत्साहजनक नै रह्यो । आज कुल दुई अर्ब ४५ करोड रुपियाँको सेयर किनबेच भयो । आज पनि धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रह्यो । यो कम्पनीको सेयर ३७ करोड रुपियाँ ८७ लाख रुपियाँको किनबेच भयो । दोस्रोमा एनएमबि बैंक १२ करोड ६५ लाख रुपियाँको कारोबार भयो ।

विशेषगरी बाणिज्य बैंक समूहमा उच्च गिरावट हुँदा नेप्सेमा सामान्य गिरावट देखिएको हो । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक एक दशमलव ११ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार समूह दुई प्रतिशत, होटल एक दशमलव ४५ प्रतिशत, म्युचुअल फण्ड एक दशमलव २९ प्रतिशत, उत्पादनमूलक एक दशमलव ३७ प्रतिशतले घटेको छ । विकास बैंक, वित्त र लघुवित्त समूहमा भने राम्रो सुधार भएको छ ।

Advertisement

Advertisement

Advertisement