कोरोनाको नाममा बजारमा ग्यासको कृतिम अभाव सिर्जना गर्न सुरु (फोटो फिचर)

Advertisement

काठमाडौं । असहज परिस्थितिको मौका छोपेर बजारमा कृतिम अभाव सिर्जना गर्ने प्रवृत्ति पछिल्लो समयमा देखिएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन नेपालले प्रयास गरिरहेको मौका छोपेर व्यापारीहरुले बजारमा ग्यासको कृतिम अभाव सिर्जना गर्न थालेको देखिएको छ ।

जिल्ला प्रसासन कार्यालय काठमाडौंले बिहीबार अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भिडभाड भएका ठाउँमा नजान अनुरोध गर्दै वक्तव्य जारी गरेको छ । सामाजिक सञ्जालमा पनि कोरोना भाइरस संक्रमणको भयबारे आएका खबरले सर्वसाधारण जनता आत्तिएको मौका छोपेर बजारमा ग्यासको कृतिम अभाव सिर्जना गर्न सुरु भएको हो ।

नेपाल आयल निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नरहेको र अभाव हुन नदिने बताइरहेको बेला कोरोनाको त्रास देखाउँदै एकातिर कृतिम अभाव गर्न थालिएको छ भने अर्कोतर्फ कोरोना संक्रमणले संकट निम्तिन सक्ने भयले दैनिक उपभोग्य वस्तु भण्डारण गर्न थालिएको देखिन्छ ।

अहिले औषधि पसलमा मास्क र औषधि लिन भिड भाड लागेको छ किराना पसल र ग्यास डिपोमा उपभोक्ताको लाइन लाग्न थालेको छ । अघिल्ला दिनसम्म सामान्य रहेको बजारमा आज फरक परिदृश्यहरु देखिन थालेको छ । तस्वीरः द्धारिका काफ्ले

Advertisement

Advertisement

Advertisement