चीनपछि अमेरिका कोरोनाबाट आक्रान्त बन्दै, १२ जनाको मृत्यु

Advertisement

वासिङ्टन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणले पहिलोपटक ७१ वर्षीय एक वृद्धको मृत्यु भएपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्‌काल घोषणा गरिएको छ । क्यालिफोर्नियामा मृत्यु भएका वृद्ध व्यक्तिले सान फ्रान्सिस्को हुँदै मेक्सिको पुगेको ग्रान्ड प्रिन्सेस नामको पानीजहाजमा यात्रा गरेका थिए । उनी केही दिनदेखि स्याक्रामान्टो अस्पतालमा उपचाररत थिए ।

पानीजहाजमा रहेका करिब एक सय यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ । क्यालिफोर्निया एयर नेसनल गार्डको हेलिकप्टरमार्फत पानीजहाजमा परीक्षण गर्ने किटपुर्याइएको थियो ।

अमेरिकामा कोभिड–१९ ले मृत्यु हुनेको संख्या १२ पुगेको छ, जसमा ११ जना वासिङ्टन राज्यकैछन् । विभिन्न १६ राज्यमा २ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित संख्यामा वृद्धि हुन थालेपछि ह्वाइटहाउसले देशैभर कोभिड–१९ को परीक्षण विस्तारगर्ने घोषणा गरेको छ । संक्रमण नियन्त्रण तथा रोकथाममा सहयोग पुगोस् भनेर यसअघिवासिङ्टन र फ्लोरिडाले पनि आपत्काल घोषणा गरेका थिए । कोरोनाको त्रास फैलिएसँगै अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएकोछ । तर चीन छाडेको १४ दिन पछि भने त्यस्ता यात्रुलाई अमेरिका प्रवेश गर्न दिइने उसले जनाएको छ । यसैबीच गृह मन्त्रालयले पछिल्ला केही दिनमा २ सय ४१ जनालाई अमेरिका प्रवेशमारोक लगाएको जानकारी दिएको छ । त्यसमध्ये २ सय २७ जना स्थलमार्ग हुँदै अमेरिकाप्रवेश गर्न लागेका थिए । कोभिड १९ को प्रकोपको डरले अमेरिकाले विदेशी नागरिकको प्रवेशमा निकै कडाइ गरेको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement