८२ हजार ५ सय पुग्यो सुनको भाउ, एक हप्तामै ३३ सयले वृद्धि

Advertisement

काठमाडौं । सुनको मूल्य तोलाको ८२ हजार ५ सय रुपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य तोलामै १८ सय रुपैयाँले बढ्यो । बिहिबार छापावाल सुनको मूल्य ८० हजार ७ सय कायम भएको थियो तर शुक्रबार ८२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यो साता सुनको मूल्य ३ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ५०० सय रुपियाँ तोकिएको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८२ हजार २ सय र चाँदी प्रतितोला ८९० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी बिहीबार तेजावी सुनको मूल्य ८० हजार ४०० र चाँदीको मूल्य ८८० रुपियाँ थियो ।

यता, बुधबार छापावाल सुनको मूल्य ८० हजार ५००, तेजावी सुनको मूल्य ८० हजार २०० र चाँदीको मूल्य ८८० रुपियाँमा रहेको थियो ।

महासंघका अनुसार मंगलबार छापावाल सुन ७८ हजार ३००, तेजावी सुन ७८००० र चाँदी ८६० रुपियाँ रहेको थियो भने सोमबार छापावाल सुन प्रतितोला ७८ हजार, तेजावी सुन ७७ हजार ७०० र चाँदी ८६० रुपियाँमा कारोबार भएको थियो ।

साताको पहिलो दिनपनि गत साताको शुक्रबार भन्दा १२ सय रुपियाँले बढेर छापावाल सुन प्रतितोला ७८ हजार, तेजावी सुन ७७ हजार ७०० र चाँदी ८६० रुपियाँमा कारोबार भएको थियो ।

यसरी तुलना गर्दा सुनको मूल्य एकसातामै प्रतितोला ३३ सय रुपियाँले बढेको देखिन्छ । चीनमा फैलिएको कोरोना भइरसको संक्रमणका कारण मूल्य बढ्दै गएको महासंघको प्रतिक्रिया छ ।

Advertisement

Advertisement

Advertisement