गरिमा विकास बैंकको सिइओमा पुनः गोबिन्द ढकाल

Advertisement

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा पुनः गोबिन्द प्रसाद ढकाल नियुक्त भएका छन् ।

फागुन २२ गते बसेको बैंक सञ्चालक समिति बैठकले ढकाललाई आगामी चार वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो । उनको कार्यकाल आगामी बैशाख १ गतेबाट लागु हुनेछ ।

विकास बैंकर्स संघको समेत अध्यक्ष रहेका ढकालले विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउनुपर्ने आवाजलाई बुलन्द बनाईरहेका छन् ।

Advertisement

Advertisement

Advertisement