भारतमा ‘यस बैंक’ डुबेपछि राष्ट्र बैंकले भन्योः हामी सचेत छौं

Advertisement

काठमाडौं । भारतमा निजी क्षेत्रका ठूला बैंकहरुमा गनिने यस बैंकको व्यवस्थापन आरबीआईले टेक ओभर गरेको छ । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले एक महिनासम्म यस बैंकबाट सर्वसाधारणले ५० हजार रुपैयाँ मात्रै झिक्न पाउने व्यवस्था गरिदिएको छ ।

राम्रो नियमन क्षमता रहेको मानिने आरबीआईको आँखैमा यस बैंक संकटमा पुगेपछि नेपाल राष्ट्र बैंकले मुख खोलेको छ । ‘यस बैंक प्रकरणलाई हामी पनि नजिकबाट हेरिरहेका छौं, बैंक कसरी त्यो अवस्थामा पुग्यो भन्ने तथ्य बुझ्ने प्रयासमा छौं, नेपालमा त्यस्तो अवस्था आउन नदिन हामी सचेत छौं’, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने ।

उनले बैंक तथा वित्तिय संस्थाहरुको सुक्ष्म नियमन गरिरहेको बताउँदै अघि भने–‘नेपाल विकास बैंक र नेपाल सेयर मार्केटलाई हामीले पनि त्यसरी नै टेक ओभर गरेका थियौं, अन्य बैंक तथा वित्तिय संस्थाहरुमा पनि समस्या देखिने वित्तिकै उचित कदम चाल्दै आएका छौं ।’, डेपुाटी गभर्नर शिवाकोटीले भने ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले नेपालमा यस बैंक जस्तो प्रकरण नआउने बताए । ‘हामी कहाँ यस बैंकको जस्तो आउँदैन, हामी सुक्ष्म नियमन गरिरहेका छौं, सबैं तथा वित्तिय संस्थाहरुको अवस्था ठिकठाक छ’, राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले भने ।

खराब कर्जाका कारण यस बैंक थला परेपछि आरबीआईले टेक ओभर गरेको हो । नेपालमा पनि बैंकहरुको खराब कर्जालाई शंकको दृष्टिकोणले हेर्न थालिएको छ । बैंकहरुले आफ्ना वित्तिय विवरणहमा खराब कर्जा लुकाएको आरोप खेप्दै आएका छन् । यस बैंकमा सरकारी स्वामित्वको एसबिआई बैंक र एलआइसीले लगानी गर्ने तयारी भैरहेको छ ।

Advertisement

Advertisement

Advertisement