दश महिनालाई पुग्ने नुन, पाँच महिनालाई पुग्ने चिनी छ, चिन्ता लिनु पर्दैनः साल्ट ट्रेडिङ

,   २४ फाल्गुन २०७६, शनिबार, ०५:३६ pm   
salt_sugar

काठमाडौं । उपभोक्ताहरुलाई अत्यावश्यक नुन, चिनीलगायतका वस्तुहरुको आपूर्ति गर्ने सार्वजनिक संस्था साल्ट ट्रेडिङ लिमिटेडले आफूहरुसँग १० महिनालाई पुग्ने नुन रहेको जानकारी दिएको छ ।

संस्थानका एक निर्देशक ब्रजेशकुमार झाका अनुसार बजारमा नुनको अभाव गरेको भन्दै गलत अफवाह फैलिएको बताउँदै तर आफूहरुसँग नुनको पर्याप्त मौज्दात रहेको जानकारी दिए ।

विश्वव्यापीरुपमा देखा परेको कोरोना भाइरसको संक्रमण भित्रिने त्राससँगै पछिल्ला दिनमा बजारमा कृतिम अभाव सिर्जना गर्ने काम भइरहेको छ ।

aecc

निर्देशक झाले आफूहरुसँग रहेको मौज्दात र बजारमा उपलब्ध चिनीले पाँच महिनाको माग धान्नसक्ने भन्दै चिनीको पनि कुनै अभाव नहेको बताउँदै गलत सन्देश प्रवाह गरेर उपभोक्तामा त्रास सिर्जना गर्ने काम भइरहेको बताए ।

साल्ट ट्रेडिङसँग १० हजार मेट्रिकटन चिनी रहेको उनले बताए । साल्ट ट्रेडिङले एसटीसी ब्राण्डको ग्यास पनि बिक्री गर्दै आएको छ ।