नारी दिवसमा महिला ग्राहकलाई एनआईसी एशियाले ल्यायो यस्तो योजना

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहक्लाई विशेष योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन आइतबार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्नुहुने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा रू. १०,०००/- सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने छन् ।

बैंकका महिला ग्राहकहरूले मो–बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यूआर पेमेन्ट लगायतका भुक्तानीहरूमा यो योजना लागू हुने बैंकले जनाएको छ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन ।

यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहकहरूलाई सम्मान गर्नुका साथै डिजिटल बैंकिङ कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकहरूले पर्याप्त फाइदा उठाउदै आएको बैंकले जनाएको छ ।

बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५,४००/- सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६,०००/- सम्मको लाभ ग्राहक महानुभावहरूले लिई रहनुभएको छ ।

बैैंकले डिजिटल बैकिङ्गलाई प्रवद्र्धन गर्न २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २५ प्रतिशतसम्म छुट ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।

Advertisement

Advertisement

Advertisement