परिसंघका पदाधिकारी र मेक्सिकोका राजदूतबीचको भेटवार्ता व्यापारिक र लगानी बिस्तारमा केन्द्रित

Advertisement

काठमाडौँ । नेपालका लागि मेक्सीकोका राजदूत महामहिम फेडेरिको सलस र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच शुक्रबार परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । सल भारतका लागि आवासीय राजदूत हुन् ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले फेडेरिकोको स्वागत गर्दै नेपाल–मेक्सिको बीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए ।

साथै नेपाल र मेक्सिको बीच सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गर्नु हुँदै उनले उत्पादनमुलक क्षेत्र, पूर्वाधार, कृषि तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ ध्यानाकर्षण गराए ।

सो अवसरमा राजदूत फेडेरिको सलसले मेक्सिको र नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि दुबै देशले आपसी सहयोगको सम्भावना खोज्नु पर्ने बताए । नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न नेपालमा मेक्सिकोको लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताए ।

लगानीको वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत सलसले उल्लेख गरे । सो अवसरमा परिसंघका पदाधिकारीहरुका साथै नेपालका लागि मेक्सिकोका अवैतनिक वाणिज्यदूत नरेश दूगड समेतको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement